कांग्रेस नेता दीपक लेखकले साथीभाईसंग लिएको सापट रकम अझै बुझाएनन्
रोशन ज्ञवाली । आफूलाई नेपाल विद्यार्थी संघ (त्रिचन्द्र क्याम्पसकों) इकाई सदस्य र नेपाली काँग्रेसको नेता भएको बताउने दिपक लेखक अहिले आफ्नो साथीभाईको अन्दाजी १ करोड खाएर फरार भएका छन् । उनी अहिले कहाँ छन् अत्तोपत्तो छैन ।
सम्मानित काठमाडौं जिल्ला अदालतले निज लेखकलाई मंसिर २१ गते अदालतमा उपस्थित हुन अन्तिम म्याद जारी गरेको छ । निज लेखकले अदालतको मान मर्दनलाई समेत वेवास्ता गर्दै लुकिछिपी बसिरहेका छन् । मंसिर २१ गते पनि निज लेखक उपस्थित भएनन् भने अदालतले पक्राउ पूर्जि जारी गर्ने समेत भनिसकेको छ । तर उनी कहाँ लुकिछिपी बसिरहेका छन् थाहा हुन सकेको छैन । सूत्रका अनुसार उनी साँझ ९ बजे ससुराली (बत्तीसपुतली) जाने र विहानै ५ बजेनै बुढानिलकण्ठमा लुक्दै आएको बताइएको छ ।
उनको मोबाइल नम्बर ९८६८०६००३६, ९८४९०३४७३६ र ९८४९२७०४६० सधै “अफ” हुने गरेको छ । सूत्रका अनुसार उनले अर्कै मोबाइल नम्बर चलाइरहेको बताइएको छ ।
विगत डेढवर्षदेखि बर्दियाको राजापुरमा लुकिछिपी बस्दै आएका उनी अहिले काठमाडौंमा लुकिछिपी बसिरहेका छन् । नाम गोप्य राख्ने शर्तमा एकजना पीडितले यस लुम्बिनी पत्र दैनिकलाई बताए अनुसार उनले एकजनलाई १० लाखको चेक र पैसा लिएको कागज समेत गरेका रहेछन् । चेक २०७९ चैत अन्तिमको रहेछ । तर चेकमा पैसा नभए पछि निज पिडीतले पटक पटक फोन गर्दा उनको सधैं मोबाइल अफ हुने भएपछि निज पीडितले चेक बाउन्स र “ब्ल्याक लिस्ट”मा हालेका रहेछन् । त्यसपछि यस अनलाईमा समाचार प्रकाशित भएपछि उनले आफैं फोन गरेर “न्यूज हटाइ देउ” म पैसा दिन्छु भनेर पीडितसँग अनुनय विन्ति गरेका रहेछन् । तर २ महिना वित्दा समेत पैसा नपाएपछि पीडितले जिल्ला अदालत काठमाडांैमा उजुरी हाल्न बाध्य भए ।
त्यति मात्र राजापुरमा रहेको घर समेत ५२ लाखमा बेचेर त्यो पैसा आफ्नो श्रीमती नीति सेढाई (९८५१२११४४९) लाई दिएका रहेछन् तर उनले अरुसँग लिएको ऋण चुक्ता भने गरेका रहेनछन् ।
प्रतिकृया दिनुहोस्