October 1, 2023, Sunday
१४ आश्विन २०८०, आईतवार
Trending

कम्प्युटरमा एउटै पार्टीबाट डबल नाम ईन्ट्री हुँदोरहेनछ, अब आयोगले जे भन्छ त्यही हुन्छ

कम्प्युटरमा एउटै पार्टीबाट डबल नाम ईन्ट्री हुँदोरहेनछ, अब आयोगले जे भन्छ त्यही हुन्छ

बर्दिया । बर्दिया १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि  कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री संजयकुमार गौतम र बर्दिया जिल्ला पार्टी सभापति अरुण प्रकाशसिंह राठौरको उम्मेदवारी परेको छ। निर्वाचन आयोग निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बर्दियाले अनुसूचि १५ प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेस सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा २९ सँग सम्बन्धित मनोनयन पत्र दर्ता भएको उम्मेदवारको नामावलीमा कांग्रेसबाट संजय गौतमको नामसहित १० जनाको नाम प्रकाशित गरेको छ।  कार्यालयले सार्वजनिक गरेको मनोनयन पत्र दर्ता भएकाहरुको कम्प्युटर लिष्टमा राठौरको नाम समावेश छैन। मनोनयन दर्ता रजिष्टरमा एउटै दलबाट सोही निर्वाचन क्षेत्रमा दुवैको नाम दर्ता गरिए पनि कम्प्युटरमा एउटै पदको लागि दुई जनाको नाम ईन्ट्रि नहुने बर्दियाका मुख्य निर्वाचन अधिकृत कैलासपति सुवेदीले बताउनु भयो।
कम्प्युटरमा पहिलो गौतमको नाम ईन्ट्रि भएकोले दोस्रो पटक राठौरको नाम कम्प्युटर सिस्टमले लिएन। उहाले भन्नु भयाे, ‘अब आयोगले जे भन्छ त्यही हुन्छ। हामीले आयोगलाई पत्र लेखेर पठाई सकेका छौं।’ प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत असोज २४ गते विहान १० बजेदेखि दिउँसो ३बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ। २४ गते मध्यान्ह ३ वजे देखि २५ गते साँझ ५ बजेसम्म मनोनयन पत्र र उजुरी ऊपर जांचबुझ गरी निर्णय गर्ने र सोहिदिन साँझ  ५ देखि ७ बजे भित्र उम्मेद्वारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ। २६ गते बिहान १० देखि दिउँसो ३ वजे भित्र उम्मेदवारले नामावली फिर्ता लिएपछि सोही दिन १ देखि ३ वजे भित्र अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ देखि ७ वजे भित्र निर्वाचन चिन्ह प्रदान गर्नेछ।