संविधान दिवस: परिवर्तनलाई बचाऔ, अगाडि बढाऔ
राजेन्द्र प्रसाद धिताल । निरङ्कुश र स्वेच्छाचारी शासनको अन्त्य गरी आफ्नो शासन आफै गर्ने चाहना नेपालीजनतामा युगौदेखि थियो।आधुनिक नेपाल निर्माण भएको धेरै पछि सम्म पनि नेपाली जनताले कठोर आततायी शासन भोग्नु पर्यो। पृथ्वीनारायण शाहको शासनकालमै एकीकरण अभियानका सहकर्मी उनका भाइ दलमर्दन शाह लगाएतका व्यक्तिहरु विस्थापित भए।एकीकरणको क्रममा अन्याय पूर्वक जिउ ,धन र देश गुमाउनेहरुको दुखद पीडाको विषयमा त इतिहास बेखबर छ।पृथ्वीनारायण शाहको शेष पछि धेरै समयसम्म शासन शासकका सनकमा चलेको पाइन्छ।धरै पछि १९१० मा पहिलोपटक जङ्गबहादुर राणाले मुलुकीएन जारी गरे।
मुलुकमा स्वेच्छाचारी शासनका विरुद्ध विद्रोहको विगुल बज्न त्यतिबेलादेखि नै सुरु भएको पाइन्छ ।लखन थापाको सहादत जङ्गबहादुरकै पालामा हो।राणाहरुको जहाँनिया शासन जनताका लागि निरङ्कुश त छदै थियो,त्यो आफ्नै परिवार भित्र पनि आततायी र आपराधिक प्रकृतिको थियो।बिस्तारै राणा शासन विरुद्ध संगठित आन्दोलनको प्रारम्भ हुनथाल्यो।१९९७सालमा शुक्रराज शास्त्री,धर्मभक्त माथेमा ,दशरथ चन्द र गङ्गाला श्रेष्ठ जस्ता महान व्यक्तिहरूले वलिदान दिनुभयो ।प्रजापरिषद,प्रजापन्चायत जस्ता दलहरूले संगठित रुपमा जनतालाई निरङ्कुश सत्ताका विरुद्ध जनतालाई गोलबद्ध गराउन थाले।जनविद्रोहलाई मत्थर पार्न प्रधानमन्त्री पद्म शमशेरले नेपालको वैधानिक कानून २००४ घोषणा गरे ।नेपालको संबैधानिक इतिहासमा यो पहिलो संविधान थियो यद्धपि यो लागू हुन सकेन ।जनताको चेतना अघि बढिसकेको थियो,राणा शासन स्वीकार्य थिएन।२००७ को क्रान्तिले राणा शासन सपाप्त भयो र नेपालको अन्तरिम अन्तरिम शासन बिधान लागू गरियो।२००७ सालमा सम्पन्न क्रान्तिको मुद्दा सम्विधान सभाको निर्वाचन थियो तर राजाले क्रान्तिका विरुद्ध षड्यन्त्र गरे जनता माथि झेल गर्दै २०१५ सालमा आफ्नो हातमा अवशिष्ठ अधिकार सहितको सम्विधान जारी गरे।जनताको शासन राजालाई स्वीकार्न गाह्रो परेको थियो।२०१५ को आमनिर्वाचनबाट बनेको वीपी कोइरालाको सरकारले सुरु गरेको क्रान्तिकारी कदमले राजा लगायत सामन्ती वर्ग असन्तुष्ट बनेको थियो ,परिणामस्वरूप राजाले २०१७ सालमा क्रान्ति र प्रजातन्त्रको हत्या गरे र निरङ्कुश राजतन्त्रात्मक सम्बिधान २०१९ जारी गरे।नेपालमा राणाको जहानिया शासनको ठाउँमा शाह राजाको अँध्यारो शासन सुरु भयो।राजाद्वारा लादिएको निरङ्कुश पञ्चायती व्यवस्था विरुद्ध जनताले निरन्तर संघर्ष गरे ,संघर्षको परिणाम २०४६ मा राजनैतिक परिवर्तन भयो।संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातान्त्रिक व्यवस्था अङ्गीकार गरिएको नेपाल अधिराज्यको सम्बिधान २०४७ जारी भयो।जनताका प्रतिनिधिले बनाएको नभए तापनि यो सम्बिधान आन्दोलनका बलले निर्माण भएको हुँदा जनपक्षीय एवम् प्रगतिशील थियो।यो सम्बिधानको जगमा मुलुक लोकतान्त्रिक गोरेटोमा अगाडी बढदै थियो।तर यो सम्बिधान माथि उग्र दक्षिणपन्थी र उग्रवामपन्थीहरुले एकसाथ आक्रमण गरे।देश घनघोर द्वन्द्वमा धकेलियो।हजारौं निर्दोष नागरिकको ज्यान गयो ।धेरै जनधनको क्षति भयो।प्रजातान्त्रिक परिपाटी अवरुद्ध भयो ।मौकाको फाइदा उठाउदै राजाले फेरि निरङ्कुश शासनको अभ्यास गर्न थाले।राजाको प्रतिगामी कदमले द्बन्द्वरत पक्ष र लोकतान्त्रिक पार्टीहरुलाई एक ठाउँमा ल्याइदियो र मुलुकमा युगान्तकारी परिवर्तन भयो।सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो र नेपालको सम्बिधान २०७२ जारी भयो।यो संविधान सहजै बनेको हैन।यो युगौदेखिको राजनीतिक एजेन्डा संबिधान सभाले बनाएको सम्बिधान हो।यो नेपालको राजनैतिक इतिहासको एउटा कोसेढुङ्गा हो।नेपाली राजनैतिक क्रान्तिहरुको यो मूर्त उपलब्धि हो।
यो सम्बिधान जारी हुन सहज थिएन ।सम्बिधान जारी हुँदा जनता विभाजित थिए ।धेरै जनताले यसलाई अझै स्विकार्न सकेका छैनन् ।यो सम्बिधान जारी हुँदा कतै स्वागतको अबिर त कतै विरोधको कालो मसाल टड्कारो देखिएको हो। यो दृश्य राष्ट्रिय एकता चाहनेहरुका लागि दु:खद थियो। यी बर्षहरुमा प्रस्तुत विषय सम्बोधन गरिनुपर्थ्यो गरिएन। यो सम्बिधान जनताको रगतसग साटिएको दस्तावेज हो।यसलाई सफल बनाउनु पर्छ।नागरिकले विभेदको अनुभूति गर्दासम्म न्याय स्थापित हुदैन ।न्याय विनाको लोकतन्त्र निरर्थक हुन्छ,धोका हुन्छ।नेपाली समाजलाई न्यायपूर्ण ,समावेशी र विभेदरहित बनाउन सबैले आ -आफ्नो ठाउँबाट योगदान गरौ। परिवर्तनलाई बचाऔ,अगाडि बढाऔ। संविधान दिवसमा हार्दिक शुभकामना।
प्रतिकृया दिनुहोस्