शान्ति सुरक्षामा समुदाय र प्रहरी बिचको सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम

राजापुर । राजापुर नगरपालिकाको शान्ति सुरक्षामा समुदाय र प्रहरी बिचको सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम राजापुर नगरपालिका वडा नं. २ मा गरिएको छ। राजापुर नगरपालिका वडा नं. २ र इलाका प्रहरी कार्यालय राजापुर बर्दियाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सो कार्यक्रम गरेको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलासिपुर दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायको प्रमुख आथित्यता, जिल्ला प्रशासन कार्यालय बर्दियाका निमित्त प्रमुख जिल्ला अधिकारी रमेश पाण्डे, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाही, सशस्त्र प्रहरी ३१ नं हे.क्वा. बर्दियाका प्रमुख स.प्र.उ जहर सिंह बुढा मगर, राष्टिय अनुसन्धान विभाग बर्दियाका उप अनुसन्धान निर्देशक प्रज्वल खड्का सहितको उपस्थितिमा सो कार्यक्रम भएको हो ।
बालाबजार स्थित नेपाल राष्ट्रीय माध्यमिक विद्यालय सभाहलमा भएको कार्यक्रममा वडाका जनप्रतिनिधीहरु, विभिन्न राजनितिक दलका प्रतिनिधीहरु, समाजसेवीहरु, बुद्धिजिवीहरु, वडघरहरु, स्थानिय भद्रभलादमी लगायत ११० जनाको उपस्थिती रहेको इलाका प्रहरी कार्यालय बर्दिया प्रमुख, प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनु भयो।
प्रतिकृया दिनुहोस्