मान नदीमा नुहाउँदा बर्दियामा २ बालकको ज्यान गयो
बढैयाताल । बर्दियामा मान नदीमा नुहाउने क्रममा दुई बालकको ज्यान गएको छ । मान नदीमा डुबेर बढैयाताल गाउँपालिका–४ का १२ वर्षीय आयुश तिरुवा र १३ वर्षीय गौरव भुजेलको ज्यान गएको छ। तिरुवाको घटनास्थलमा र भुजेलको उपचारको क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक जहर सिंह बुढा मगरले बताउनु भयाे। नदीमा बेपत्ता भएको खबर प्राप्त हुनासाथ खोजी गरिएको थियो । बाँके र बर्दियाको सीमानामा रहेको सशस्त्र प्रहरी पोष्ट र स्थानीयवासीको सहयोगमा दुई बालकको खोजी गरिएको थियो।
प्रतिकृया दिनुहोस्