February 5, 2025, Wednesday
२३ माघ २०८१, बुधबार

प्रहरी हिरासतबाट फरार अभियुक्त पक्राउ

प्रहरी हिरासतबाट फरार अभियुक्त पक्राउ

गुलरिया। इलाका प्रहरी कार्यालय मोतिपुरबाट साउन ९ गते फरार अभियुक्त बाँके खजुरा गा.पा. ८ बस्ने वर्ष २६ का अब्दुल खाँ पक्राउ परेका छन्।  साउन ९ मा पक्राउ गरी अनुसन्धानको सिलसिलामा हिरासतमा राखिएका जबरजस्ती करणी मुद्धाका अभियुक्त खाँ साउन ९ गते अन्दाजी १०:५५ बजे खाना खुवाउने समयमा ड्यूटीमा रहेको सेन्ट्रीलाई झुक्याई फरार रहेका थिए। प्रहरी निरीक्षक हृदेश कुमार सापकोटाको कमाण्डमा खटिएको टोलीद्धारा साउन २३ गते १२:१५ बजे जिल्ला बर्दिया बढैयाताल गा.पा. वडा नं. २ स्थित नेपाल भारत सीमा नजिकबाट उनी पक्राउ परेका हुन्।  खालाई जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखी आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीले बताउनु भयाे।