इप्रका मैनापोखरद्वारा सञ्चारकर्मीसँग अन्तरकृया

मैनापोखर । ईलाका प्रहरी कार्यालय मैनापाेखरले बर्दियाका सञ्चारकर्मीहरुसँग अन्तरकृया सम्पन्न गरेको छ। ई प्र का मैनापाेखरमा भर्खरै सरुवा भई आउनु भएका प्रहरी निरिक्षक कमल क्षेत्रीले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष यम नाथ घिमिरे, जिल्ला अध्यक्ष यादव आचार्य, पूर्व अध्यक्ष वरिष्ठ पत्रकार कमल पन्थी लगायत बर्दियाका सञ्चारकर्मीसँग परिचय तथा अन्तरक्रिया गर्नु भएको हो ।
ईलाका प्रहरी कार्यालय मैनापाेखरमा सम्पन्न कार्यक्रममा बर्दियाका स्थानीय देखि राष्ट्रिय मिडियामा आबद्ध करिव १५ जना संन्चारकमीहरुको सहभागिता थियो ।
कार्यक्रममा सिमा सुरक्षा , सिमा क्षेत्रमा हुने अबैध गतिविधि, मानव बेचबिखन , लागू औँषध नियन्त्रण र शान्ति सुरक्षामा प्रहरीहरुको भुमिका बिषयमा छलफल समेत भएको प्रहरी निरीक्षक क्षेत्रीले बताउनु भयाे।
प्रतिकृया दिनुहोस्