नगरपालिकाको सहयोगमा चप्पल उत्पादन ब्यवसाय गर्दै गिता
सरला सुवेदी
कोहलपुर । एक बर्ष अघि कोहलपुर नगरपालिकाले दिएको २५ दिने चप्पल तालिम लिनु भएकी कोहलपुर नगरपालिका वडा नम्बर २ बिकासनगरकी ३० वर्षीया गिता बिकले आफ्नै घरमा चप्पल बनाउने र त्यसलाई बिक्री गर्ने गर्नु भएको छ।गिताले आफुले तालिम लिइसकेपछी त्यसको सदुपयोग गर्नु पर्छ र आफ्नै सीप र क्षमताले आर्थिक रुपमा सक्षम बन्नुपर्छ भनेर व्यवसाय सुरु गरेको बताउनु भयो।
दलित समुदायमा जन्मिएर हुर्किएकी गिताले उच्च शिक्षा हासिल गर्नु भएको छ। दुई छोराछोरीको आमा गिताको श्रीमान नेपाल प्रहरिमा जागिरे हुनु हुन्छ । श्रीमानको साथ र मायाले छोराछोरीलाई स्कुल पठाएर दिनभरी चप्पल बनाउने काम गर्नु हुन्छ।
आफ्नै मेहनतले काम गरेर छोराछोरीलाई कोहलपुरकै राम्रो बोर्डिङ स्कुलमा पढाउन पाउदा खुसि हुँदै उनी आफू जस्तै अन्य महिला दिदिबहिनीहरुलाई आफ्नो सिपलाई खेर नफाल्न अनुरोध गर्नु हुन्छ। पहिले आफ्नो हातमा सीप अनि आम्दानिको बाटो नहुदा श्रीमानसङ पैसा मागिरहदा नि अप्ठेरो मान्ने उनी अहिले आफैमा आत्मनिर्भर हुनु भएको छ।
कोहलपुर नगरपालिकाले दिएको चप्पल बनाउने २५दिने तालिम पछि आफुमा सीप भएकोले छुट्टै उर्जा अनि उत्साह थपिएको बताउछिन । आफुसङ्ग तालिम लिएका दिदिबहिनीहरु एकादुइले बाहेक अन्यले सिपको सदुपयोग नगरेकोमा उनी दुख व्यक्त नि गर्छिन। कुनै पनि तालिम लिएसी या सीप सिकेपछी त्यसलाई सदुपयोग गर्नुपर्छ किनकी स्थानीय सरकारले हाम्रो लागि भनेर लाखौ रकम खर्चेको हुन्छ । आफुमा आत्मबिश्वास भएसी काम गर्ने इच्छा आफै जाग्ने गरेको गिता बताउनु हुन्छ।
गिताले आफ्नै घरमा चप्पल बनाउने काम गर्छिन विशेष गरेर उनले ककसुज अनि सिम्पल खालका फेन्सी चप्पल उत्पादन गर्छिन र आफुले उत्पादन गरेका चप्पल कतिपयत गाउकै समूह सस्था र दिदिबहिनीहरुले घरमै आएर खरिद गर्ने गरेको र कति आफै लगेर बिक्री गर्ने गर्छिन कोहि कोहलपुरका व्यापारीहरुको मा लिएर जान्छिन भने केही स्कुल स्कुलमा लिएर जान्छिन आफै एक्लैले कच्चापदार्थ खरिद गर्ने देखि बनाएर बिक्री समेत गर्ने भएकोले ग्राहकहरुको माग पूरा गर्न कठिन समेत रहेको बताउनु भयो। गिताले आफुले बनाएको चप्पल कतिपय ठाउँमा उपहार स्वरुप दिन पाउदा छुट्टै खुसी मिल्ने गरेको समेत बताउनु भयो।
चप्पल बनाउनको लागि कच्चापदार्थहरु पहिले पहिले बुटवलबाट ल्याउने गरेको पछि नेपालगन्जमै पाइने थाह पाएपछी आजकल नेपालगन्जबाटै ल्याउने गरेको बताउनु भयो। आफ्नो घरमै सन्चालन गरेको व्यवसायलाई दर्ता गरेर चलाउन एकदमै कठिन भएको बताउनु भयो। आफ्नो घर एलानिमै भएको र दर्ता प्रक्रिया निकै लामो र झन्झटिलो भएको दुखेसो समेत गर्नु भयाे। गिताले स्थानीय सरकारसङ्ग आफु जस्ता केही गर्छौ भनेर लागि परेका महिला उद्यमिहरुको लागि केही छुट सहित दर्ता प्रक्रियालाई सहज बनाईदियोस भन्ने आशा समेत गर्नु भएको छ । नगरपालिकाले दिएको २५ दिने चप्पल तालिम पछि नगरपालिकाले गितालाई व्यवसाय गर्न मेसिन र हिटर समेत दिएको बताउदै तालिम लिएर व्यवसाय गरेकालाई पुन चप्पल मात्र नभएर वाटरप्रुभ चप्पल जुत्ता समेत बनाउने तालिम दिए आफुले आफ्नो व्यवसायलाई ठूलो बनाएर गाउँमै केही महिला दिदिबहिनिहरुलाई रोजगार समेत दिने सोच रहेको बताउनु भयो। आजसम्म नगरपालिकाको सहयोगले आफुले चप्पल बनाउन सुरु गरेको र आगामी दिनमा पनि नगरपालिकाको सहयोगको अपेक्षा समेत गर्नु भएको छ। ग्राहकको अत्याधिक माग वाटरप्रुभ चप्पल र जुत्ता भएको ले यो बनाउने सामान इन्डियामा मात्र पाइने हुँदा आफ्नो पहुच भन्दा टाढाको भएको हुदा पहिले जस्तै पालिकाले मेसिनरी सामान खरिद गरेर दिए व्यवसायलाई व्यापक बनाउन ठूलो टेवा पुग्ने बताईन र नगरपालिकालाई धन्यवाद समेत दिनु भएको छ।
कोहलपुर नगरपालिका भित्र त्यो पनि नगरपालिकाका ग्रामीण बस्तिमा गिता जस्तै थुप्रै मेहनती महिला दिदिबहिनिहरु छन् उनिहरुलाई पनि सिपमुलक तालिममा सहभागी गराएर व्यवसायको बाटो देखाईदिए महिलाहरु आफैमा आर्थिक रुपले सक्षम हुने थिए। बिगत केही बर्षदेखी नगरपालिकाले थुप्रै तलिम दियो तर तालिम दिनु मात्र ठूलो कुरा होइन तालिम दिइसकेपछी गिता बिक जस्ता महिला दिदिबहिनिहरुले तालिम लिएपछी सिपको सदुपयोग गरे गरेनन भनेर निगरानी राख्नु आवश्यक देखिन्छ । र निगरानी सङ्गसङ्गै राम्रो काम गरेका दिदिबहिनीहरुलाई प्रोत्साहन गर्न सके अन्य महिला दिदिबहिनीहरुमा नि आफैले केही गरौ भन्ने उर्जा थपिने छ र कोहलपुर नगरपालिका भित्र आर्थिक बिकास बढ्नेछ।
प्रतिकृया दिनुहोस्