October 4, 2024, Friday
१८ आश्विन २०८१, शुक्रबार

संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न तहगत व्यवस्था राख्नु पर्ने कर्मचारीको मांग

संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न तहगत व्यवस्था राख्नु पर्ने कर्मचारीको मांग

काठमाडौं। नायब सुब्बा बचाऊ अभियानको पहलमा कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन्।
सेवाको सुरक्षा, पेशागत हित र वृत्ति विकासका विषयलाई ध्यान नदिइएकोले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईले जानकारी दिनु भयो।
कर्मचारीहरूले संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न तहगत व्यवस्था राख्नुपर्ने पनि माग गरेका छन्।प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफूहरूले उठाउँदै आएका मागलाई सम्बोधन गरिनुपर्ने बताउँदै सोमबार बिहान सिंहदरबारमा कर्मचारीले प्रदर्शन गरेका छन्।शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक/अन्तरतहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्न पनि उनीहरूको माग छ।
सहसचिव र उपसचिव सरहको पदमा योग्यता पुगेका राजपत्र अनंकित कर्मचारीले पनि प्रतिस्पर्धा गर्न पाउनुपर्ने तथा सरूवा प्रणाली चक्रिय र पूर्वानुमानयोग्य हुनुपर्ने जस्ता प्रावधान समावेश गरी संघीय निजामती सेवा ऐन जारी गर्न उनीहरूले माग गरेका छन्।