September 26, 2023, Tuesday
९ आश्विन २०८०, मंगलवार
Trending

प्रहरी र नगरपालिका मिलेर गुलरियामा छाडा पशुको व्यवस्थापन सुरु

प्रहरी र नगरपालिका मिलेर गुलरियामा छाडा पशुको व्यवस्थापन सुरु

बर्दिया । गुलरिया बजार क्षेत्रको विभिन्न स्थानहरुका अनियन्त्रित एवं छाडा छोडिएका पशु चौपायाको व्यवस्थापन सुरु गरिएको छ।  जिल्ला प्रहरी कार्यालय बर्दियाको सक्रियता र गुलरिया नगरपालिकाको समन्वयमा छाडा चौपायाको व्यवस्थापन सुरु गरिएको हो।
अनियन्त्रित एवं छाडा छोडिएका पशु चौपायाको कारण बजार अस्तव्यस्त देखिनुका साथै सडक दुर्घटना समेत बढ्ने गरेकोले छाडा चौपाया संकलन गरी गौशालामा बुझाईएको प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीले बताउनु भयाे। गुलरिया नगरपालिकाको समन्वयमा मिति साउन १३ गते राती जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालित गरी गुलरिया बजार क्षेत्रमा रहेका ६४ जिउँ छाडा चौपाया संकलन गरी १४ गते गुलरिया नगरपालिका -२ स्थित रहेको गौशालामा जिम्मा लगाईएको प्रहरी उपरीक्षक शाहीले बताउनु भयाे।