राजनीतिमा सक्रिय महिलामाथि हुने लैङ्गिक हिंसाको अन्त्य जरुरी
नेपालगन्ज । पर्पल फाउन्डेसनले नेशनल डेमोक्रेटिक इन्स्टिच्युट (एनडीआइ) सँगको साझेदारी र युएसएआइडीको आर्थिक सहयोगमा ‘नेपाली राजनीतिमा सक्रिय महिला र लैंगिक यौनिक अल्पसंख्यक विरुद्ध हुने हिंसा’ संम्बन्धि अनुसन्धान कार्य सकेको छ ।
सोही अनुसन्धानबाट आएका प्रारम्भिक नतिजाहरुलाई अनुसन्धानका उत्तरदाता, राजनीतिक दलका नेता सगैं अन्य विभिन्न सरोकारवालाहरु सँग साझा र प्रमाणीकरण गर्नका लागी कार्यशाला आयोजना गरिएको छ। बाँकेको नेपालगंजमा आज नेपाली राजनीतिमा अनलाइन लैंगिक हिंसाको अवस्था अनुसन्धान प्रमाणीकरण कार्यशाला सम्पन्न गरिएको छ ।
कार्यशालामा बाँके, बर्दिया सहित विभिन्न जिल्लाका राजनीतिककर्मी महिला, जनप्रतिनिधि, यौनिक तथा लैंगिक अल्पसंख्यक, सामाजिक संघ–संस्थाका प्रतिनिधि लगायतको सहभागीता रहेको अधिकारकर्मी विष्णु नेपालीले बताउनु भयो।
प्रतिकृया दिनुहोस्