लुम्बिनी प्रदेश सभाबाट बजेट तथा सञ्चार, प्रहरी विद्येयक पारित र खेलकुद ऐन संशोधन
बुटवल । लुम्बिनी प्रदेश सरकारको बजेट पारित भएको छ । विभिन्न चरणका छलफलपछि आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको ४२ अर्ब ६३ करोड रुपैयाँको बजेट बुधबार प्रदेशसभाबाट पारित भएको हो । १ असारमा ०७९/८० का लागि लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट ल्याएको थियो । बजेटमा चालू खर्चतर्फ रू १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार अर्थात् कुल बजेटको ३१ दशमलव २६ प्रतिशत विनियोजन गरिएको थियो । त्यस्तै, पुँजीगत खर्चतर्फ रू २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार अर्थात् कुल बजेटको ५७ दशमलव ४१ प्रतिशत रहेको छ ।
अर्थमन्त्री कृष्णध्वज खड्काले असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नु भएको थियो।
अर्थमन्त्री कृष्णध्वज खड्काले बजेटले जनताको जीवनस्तर उकास्ने दाबी गर्नु भयो।
प्रदेशसभामा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको समृद्धिका लागि नै आगामी वर्षको बजेट ल्यांइएको बताउनु भयो ।
यस्तै, आज प्रदेश सभाबाट प्रदेश प्रहरीसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सञ्चार विधेयक पनि पारित भएको छ । समिति सभापति दामाकुमारी शर्माले प्रदेश सभामा प्रस्तुत गरेको विधेयक पारित भएको हो । यसैगरी खेलकुद ऐन २०७६ संशोधनसहित पारित भएको छ
प्रतिकृया दिनुहोस्