February 5, 2025, Wednesday
२३ माघ २०८१, बुधबार

पार्टीको समन्वयमा काम गर्नुस् : कांग्रेस सभापति पुन

पार्टीको समन्वयमा काम गर्नुस् : कांग्रेस सभापति पुन

कपिलवस्तु । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीको नियमित सम्पर्क र समन्वयमा रही काम गर्न नेपाली कांग्रेस तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिनु भएको छ । नेपाली कांग्रेस कपिलवस्तुद्वारा नव निर्वाचित जनप्रतिनिधिहरूको सम्मान तथा बधाईमा आज बुद्धभूमी नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै सभापति पुनले पार्टीको समन्वयमा काम गर्न जनप्रतिनिधिहरूलाई निर्देशन दिनु भएको हो।
उहाले पार्टीको नीति, नियम र जनता माझ गरेको प्रतिबद्धता अनुरुप काम गर्न अनुरोध गर्नु भएको छ।  स्थानीय सरकार जनताको घरदैलोको सरकार भएको बताउदै जनतालाई परिवर्तन, विकास र सहयोगको अनुभुती हुनेगरी सेवा संचालन गर्नु पर्नेमा उँहाले जोड दिनु भएको छ। उहाले पार्टी विरुद्ध गलत क्रियाकलाप गर्ने प्रवृत्ति बढेको औल्याउँदै यसलाई निरुत्साहित गर्नु पर्ने धारणा राख्नु भएको छ । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य, प्रदेश सहमहामन्त्री नीमा गिरी, लुम्बिनी प्रदेश सरकारकि ग्रामीण, पर्यटन तथा सहरी विकास राज्यमन्त्री रिना नेपाल लगायतले बोल्नु भएको थियो । कार्यक्रममा कपिलवस्तु जिल्लामा कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरू सम्मान गरिएको कपिलवस्तु कांग्रेसले जनाएको छ ।