December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

धान  बालीमा जैविक विविधताको उपयोग , आयात प्रतिस्थापनमा सहयोग

धान  बालीमा जैविक विविधताको उपयोग , आयात प्रतिस्थापनमा सहयोग

बर्दिया । “धान  बालीमा जैविक विविधताको उपयोग , आयात प्रतिस्थापनमा सहयोग” नाराको साथमा १९औ अन्तर्राष्ट्रिय धान दिवस देशभर मनाईएको छ।  विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।  आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।
औपचारिकरूपमा सरकारले निर्णय गरेर धान दिवस घोषणा गर्नुअघि नै नेपालमा असार १५ गते दहीच्युरा खाने संस्कृति प्राचीनकालदेखि नै रहिआएको छ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले धान दिवसको अवसरमा शुभकामना दिनु भएको छ। मधुवन नगर प्रमुख एवम् नेपाली काँग्रेसका नेता तेज वहादुर भाटले गुराँस मा वि मा पुगी धान रोपाइँ गर्नु भएको छ ।  असार १५ धान दिवसको अवसरमा सबै मधुबन बासी दाजु भाई,दिदी बहिनीहरुमा शुभकामना दिदै  कृषि तथा पशुपालनमा किसानहरूको प्रविधि र प्राविधिकको पहुंच विस्तार गरी किसानको हक हित प्रवर्धन गर्न आफू लागि परेको बताउनु भयाे।  “धान दिवस” का दिन “शान्तिपुर बहुउद्देश्यीय कृषक समुह राजापुर-४, बर्दिया” द्वारा आयोजित एक कार्यक्रममा राजापुर नगरपालिका नव निर्वाचित नगर प्रमुख दिपेश थारु राजेश सरिक भई  धान रोप्नु  भएको छ। धान दिवसको शुभकामना दिँदै उँहाले कृषकहरुका समस्याहरुको पहिचान गरी ती समस्याहरुको उचित हल निकाल्नुका साथसाथै यस राजापुर क्षेत्रको कृषि क्षेत्रलाई आधुनिकीकरण तर्फ लग्न आफुले विगतमा पनि थुप्रै पहलकदमी गर्दै आएको र आगामी दिनहरुमा पनि अहोरात्र खटिने प्रतिबद्दता गर्नु भएको छ ।