September 26, 2023, Tuesday
९ आश्विन २०८०, मंगलवार
Trending

राष्ट्रिय वृक्षारोपण दिवस २०७९ मा लुम्बिनी प्रदेशमा बर्दिया, लगायतका स्थानमा बृक्षारोपण

राष्ट्रिय वृक्षारोपण दिवस २०७९ मा लुम्बिनी प्रदेशमा बर्दिया, लगायतका स्थानमा बृक्षारोपण

बर्दिया । राष्ट्रिय वृक्षारोपण दिवस २०७९ का अवसरमा विभिन्न डिभिजन कार्यालयहरुले वृक्षारोपण कार्य सम्पन्न गरेका छन्। असार १४ गते राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा डिभिजन वन कार्यालय बर्दियाले  गुलरिया न.पा वडा न. २ संगम वस्ति वेला फाटामा वृक्षारोपण कार्य सम्पन्न गरेको छ । डिभिजन वन अधिकृत प्रवीण बिडारी, सहायक वन अधिकृत द्रोण राज शर्मा, टंक गुरुङ, पंकज झा, वन उपभोक्ता लगायतले विभिन्न प्रजातिका ६०० बिरुवा रोप्नु भएको छ।  राष्ट्रिय वृक्षारोपण दिवस २०७९ को अवसरमा लुम्बिनी प्रदेश वन, वातावरण तथा भू संरक्षण मन्त्री  सुरेन्द्र हमालले वृहत वृक्षारोपण कार्यक्रम गरि मनाएको छ । राष्ट्रिय वृक्षारोपण दिवस २०७८ को अवसरमा लुम्बिनी प्रदेश सरकार वन, वातावरण भु संरक्षण मन्त्री सुरेन्द्र हमालले बुटवल ज्योति नगर चुरे क्षेत्रमा वृक्षारोपण गर्नु भएको छ।