संरक्षणको नाममा मानव अधिकार उल्लंघन नामक एम्नेष्टी प्रतिवेदन सार्वजनिक
गुलरिया । एम्नेष्टी इन्टरनेशनल र सामुदायीक आत्मनिर्भर सेवा केन्द्रले प्रकाशित गरेको संरक्षणको नाममा मानव अधिकार उल्लंघन प्रतिवेदन सार्वजनिक गरिएको छ। बर्दियाको सदरमुकाम गुलरियामा भएको कार्यक्रममा एमनेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले सो प्रतिवेदन सार्वजनिक गर्नु भएको हो। प्रतिवेदनमा दुर्व्यवहारपूर्ण संरक्षण नीतिको परिणाम स्वरूप नेपालका आदिवासी जनजाति विगत पाँच दशकदेखि शृङ्खलाबद्ध मानवअधिकार उलङ्घन बाट पिडित हुनु परेको लगायतका कुराहरू उल्लेख रहेको छ। कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठ, बर्दियाका डिभिजनल वन अधिकृत प्रवीण बिडारीले प्रकृति र वन्यजन्तु संरक्षण गर्दा मानव अधिकार हनन हुन नदिन सरकारी निकायले पुरै ध्यान दिएको बताउनु भयो । का एम्नेष्टी इन्टरनेशनलका निर्देशक निराजन थपलिया, कोषाध्यक्ष रोशन बजगाईं, केन्द्रीय सदस्य गरिमा पाण्डे , अधिवक्ता राजु प्रसाद चापागाईं, आत्म निर्भर सेवा केन्द्रका संस्थापक सदस्य जगत बस्नेत समेतको उपस्थिति थियो। https://amnestynepal.org/wp-content/uploads/2021/10/Violations in the name of conservation.NEP.pdf
प्रतिकृया दिनुहोस्