घरदैलो मै पुगी राहत दिँदै बर्दिया प्रजिअ बास्तोला
मधुवन । जेठ २८ गते आएको हावाहुरीका कारण ज्यान गुमाएका मधुवन नगरपालिका वडा नं. ७ शुक्रबस्तीका १२ वर्षीय अमृत थापाकाे परिवारजनलाई रु. २ लाख राहत रकम हस्तान्तरण गरिएको छ । नेपाल सरकारका तर्फबाट बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु सहित मृतक थापाको मधुवन नगरपालिका वडा नं. ७ शुक्रबस्ती घरमै पुगी मृतककी आमा इन्द्रा भुसाललाई मापदण्ड बमाेजिम रु. २ लाख राहतको चेक रकम हस्तान्तरण गर्नु भएको हो। रकमहस्तान्तरण कार्यक्रममा प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाही, सशस्त्र प्रहरी उपरीक्षक जहर सिंह बुढा मगर, वडा अध्यक्ष मेक बहादुर गुरुङ समेतको उपस्थिती थियो।
प्रतिकृया दिनुहोस्