नयाँ बजेटमा बर्दियाले के के पायो?
गुलरिया । आगामी आर्थिक बर्ष २०७९/८० को बजेटमा नेपालगन्ज – गुलरिया सडक फोर लेन बनाउने, भुरीगाँउ सुर्खेत सडक सुरुङ मार्ग बनाउने र राजापुरमा सु प र कर्णालीलाई जोड्ने गरी पाटन मेडिकल कलेजको शाखा विस्तार जस्ता कार्यक्रम राखिएको छ।
पूर्वपश्चिम राजमार्गबाट झापा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा, पश्चिम नवलपरासी, कपिलवस्तु र बर्दियाका जिल्ला सदरमुकाम जोड्ने सडकहरूलाई स्तरोन्नति गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण सुरु गरिने अर्थमन्त्री जनार्दन शर्माले बताउनु भयाे। कमला-ढल्केवर-पथलैया, पथलैया-हेटौँडा-नारायणघाट, बुटवल-गोरुसिङ्गे र काँकडभिट्टा-लौकही सडक खण्डको विस्तार कार्य सुरु गरिनेछ।
नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा नेतृत्वको सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याउँदा प्रदेश र स्थानीय तहले वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात २४ प्रतिशत बजेट पाएका छन् ।
प्रतिकृया दिनुहोस्