दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो विमान
मुस्ताङ। आइतबार बिहानदेखि हराइरहेको तारा एयरको नाईन एन ए ई टी विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ-२ मा सानोसोरे क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनु भएको छ । न्याउरीकोटको ल्याङके खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा यार्षा गुम्बा टिप्न गएका स्थानीय शेर्पाहरूले जहाज फेला पारेको गा पा अध्यक्ष प्रदीप गौचनले बताउनु भयो। कुनै पनि यात्रु जीवित नरहेको र मौसमले साथ दिए मृत यात्रुहरुको शरीर काठमाडौँ शिक्षण अस्पताल पुराउने स्थानीय प्रशासनले जानकारी दिएको छ।
९ एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए ।
जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाउनु भएको थियो। को पाइलट उत्सव पोख्रेल र जहाज परिचारिका किस्मी थापा हुनु हुन्थ्यो ।
प्रतिकृया दिनुहोस्