गठबन्धनभित्र सिट बाँडफाँटका आधार
यस्ता छन् गठबन्धनभित्र सिट बाँडफाँटका आधार
(१) २०७४ को निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा (एकीकृत समाजवादी) कायम रहेका जनप्रतिनिधिहरुलाई यसैअनुसार मान्ने । (२) २०७४ को निर्वाचनमा दलका उम्मेदवारहरुले पालिका, वडामा प्राप्त गरेको मतको मतभारलाई आधार मान्ने ।
(३) २०७४ को स्थानीय तह निर्वाचनमा विजय प्राप्त गरेको नभए पनि स्थानीय तहमा उपस्थिति रही यथाशक्य गठबन्धनभित्र अन्य दललाई पनि सहभागी गराउने ।
(४) २०७४ को स्थानीय तह निर्वाचनमा गठबन्धनबाहेकका दल विजयी स्थानमा गठबन्धनभित्रका दलहरुले उक्त निर्वाचनमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने । यसको साथै उक्त तहमा दलका उम्मेदवारहरुले प्राप्त गरेको मतभारलाई पनि आधार बनाउने ।
(५) नेकपा (एकीकृत समाजवादी) २०७४ को निर्वाचनमा पार्टीको रुपमा सहभागी नभएको हुँदा माथि बुँदा नम्बर ४ मा उल्लेखित आधारहरुले मात्र नहुने र उक्त पार्टी नेकपा (एमाले) विभाजित भएर बनेको मुख्य शक्ति रहेको यथार्थतालाई मनन गर्ने ।
(६) गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँट गर्दा माथि उल्लेखित आधारहरुका अतिरिक्त वर्तमान समयमा गठबन्धनका दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि महत्वका साथ ध्यान दिने ।
(७) गठबन्धनभित्र रहेका दलहरुबीच मात्रै चुनावी तालमेल गर्न पाउने ।
प्रतिकृया दिनुहोस्