बर्दियामा गठबंधन गर्ने बारे कुनै निर्णय भएको छैन् : सभापति राठौर

गुलरिया । नेपाली कांग्रेस बर्दियाका सभापति अरुण प्रकाश सिंह राठौरले बर्दियामा जिल्ला स्तरीय संयन्त्र गठन गरिए पनि कहाँ र कसरी गठबंधन गर्ने बारे कुनै निर्णय नभएको बताउनु भएको छ । केन्द्रबाट थप निर्देशन, परिपत्र नआउँदासम्म गठबंधन बारे कुनै निर्णय नहुने भएकाले नेपाली कांग्रेसको सांगठनिक गतिविधि, अभियानलाई निरन्तरता दिन उँहाले सबैलाई निर्देशन दिनु भएको छ। स्थानीय तहका उम्मेदवारको नाम सिफारिस गर्दा सर्वसम्मतिले नाम पठाउँदा नेपाली कांग्रेसलाई बढी भन्दा बढी फाइदा पुग्ने उँहाको भनाई छ।
प्रतिकृया दिनुहोस्