January 11, 2025, Saturday
२७ पुष २०८१, शनिबार

जुवा खेलिरहेको अवस्थामा मधुवनबाट ६ जना पक्राउ

जुवा खेलिरहेको अवस्थामा  मधुवनबाट ६ जना पक्राउ

मधुवन। फागुन ३ गते राती २३:०० बजेको समयमा जिल्ला बर्दिया मधुबन नगरपालिका -०९ बेलटाँरी गाँउमा केही मानिसहरुले जुवा तास खेलीरहेका छन् भन्ने विषेश सूचनाको आधारमा यस कार्यालयबाट प्रहरी निरीक्षक चक्र बहादुर डमरपालको कमाण्डमा प्रहरी टोली खटिई गई खानतलासी गर्यो । खानतलासी गर्दा  ऐ.ऐ.बस्ने बिनोद चौधरीको कुखुरा पालन गर्ने खाली रहेको खोर (गोठ) मा जुवा खेलिरहेको अवस्थामा नगद रू. ४८,२८५/- र जुवा खेल्न प्रयोगमा ल्याईएको तास सहित ६ मानिसहरुलाई पक्राउ गरीयो । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय बर्दियाबाट जुवा सम्बन्धी कसुरमा ७ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको  छ ।