February 4, 2025, Tuesday
२२ माघ २०८१, मंगलवार

राष्ट्रिय सतर्कता केन्द्रद्वारा बर्दियामा सदाचार प्रवर्धन कार्यक्रम सम्पन्न

राष्ट्रिय सतर्कता केन्द्रद्वारा बर्दियामा सदाचार प्रवर्धन कार्यक्रम सम्पन्न

गुलरिया । भ्रष्टाचार निवारण र नियन्त्रणका लागि कानुनी र सङ्गठनात्मक व्यवस्थालाई प्रभावकारी बनाउने उद्देश्यले भ्रष्टचार नियन्त्रणका लागि सशक्त र प्रभावकारी सेवा उपलब्ध गराउने प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेखमा रहने संस्था राष्ट्रिय सतर्कता केन्द्रले बर्दियाको गुलरियामा  सदाचार प्रवर्धन कार्यक्रम सम्पन्न गरेको छ ।  राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिनेश कुमार घिमिरेको प्रमुख आथित्यता र गुलरिया नगरप्रमुख मुक्तिनाथ यादवको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रममा  भ्रष्टाचार निवारण हाम्रो साझा दायित्व विषयक कार्यपत्र प्रस्तुत गर्दै सचिव दिनेश कुमार घिमिरेले भ्रष्टचार रोक्नको लागि जनउत्तरदायित्व तथा चेतनाको अभिबृद्धि गर्न सबै लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रम उदेश्यमाथि प्रकाश पार्दै र  सुशासन प्रवर्द्धनमा जनप्रतिनिधि र कर्मचारीको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै उपसचिव राजेन्द्र बुढाथोकीले भ्रष्टचार भैसकेको ठाउँमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई सतर्कता केन्द्रले सघाउने काम गर्दै आएको बताउनु भयाे। कार्यक्रममा सुशासनमा राष्ट्रिय सतर्कता केन्द्रको भूमिका विषयक कार्यपत्र प्रहरी नायब उपरीक्षक बुद्धिराम खनालले तथा सम्पति विवरण र आएको अनुमान  विषयक कार्यपत्र प्रहरी उपरीक्षक राजेन्द्र कुमार पोखरेलले प्रस्तुत गर्नु भयो।
कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार र प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले जिल्लामा सुशासन प्रवर्द्धनमा भए गरेका कार्यहरू बारे प्रकाश पार्नु भयो ।