January 11, 2025, Saturday
२७ पुष २०८१, शनिबार

कोठीयाघाटमा मदन बाबाद्वारा उद्दार शिविर सम्पन्न

कोठीयाघाटमा मदन बाबाद्वारा उद्दार शिविर सम्पन्न

कोठीयाघाट । बर्दियाको मधुवन ३ कोठीयाघाटस्थित पवित्र,प्रसिद्ध , एतिहासिक कैलाशद्वार ओम् कारेश्वर शिव पाञ्चायन मन्दिर श्री मदन बाबा भक्ति केन्द्र शम्भु आश्रममा  उद्दार शिविर गरिएको छ ।  श्रदेय संकट मोचन स्वरुप सद्गुरुदेव श्री  मदन बाबाको सानिध्यतामा  उद्धार शिविर सम्पन्न भएको हो।
शिबिरमा शरिरमा भएकाहरुको रोग दोष बिघ्न बाधा हटाई पित्रि उद्धार , आत्मालाई परमात्मासँग  लिन  गराउने , नकारात्मक सोचलाई सकारात्मक सोचमा  बदल्ने कार्य भएको मदन बाबा भक्ति केन्द्र जिल्ला शाखा बर्दियाका अध्यक्ष ज्ञानु माया रिजालले बताउनु भयो। शिविरमा सामेल भएका २ हजार जतिको अबरोध  कार्य सिद्धि हुने अध्यक्ष रिजालले बताउनु भयाे। सद्गुरुदेव बिना  ईश्वर प्राप्त नहुने बताउँदै अध्यक्ष रिजालले सत्य मार्गमा हिंड्न, सनातन हिन्दु धर्मको जगेर्ना गर्न, ईश्वरलाई चिन्न सबैलाई आग्रह गर्नु भएको छ।  सद्गुरुदेवको  पहिचान गरी सत्यमार्ग नै मुक्ति र मोक्षको द्वार खुल्नु हो  :उँहाको भनाई छ । पौष ४ देखि ८ गतेसम्म चलेको सिविरबाट २ हजार  बढीले लाभ लिएको श्री मदन बाबा भक्ति केन्द्र बर्दियाले जनाएको छ।