October 4, 2024, Friday
१८ आश्विन २०८१, शुक्रबार

सभामुख र अर्थमन्त्रीद्वारा तातोपानी भन्सार नाका निरीक्षण

सभामुख र अर्थमन्त्रीद्वारा तातोपानी भन्सार नाका निरीक्षण

तातोपानी । सभामुख अग्नि प्रसाद सापकोटा, अर्थमन्त्री जनार्दन शर्माले नेपाल चीनबीचको उत्तरी सीमा तातोपानी भन्सार निरीक्षण गर्नु भएको छ।  सभामुख सापकोटा, अर्थमन्त्री शर्माले सोमबार बिहान सिन्धुपाल्चोकको बाह्रबिसे तातोपानी सडक खण्ड र तातोपानी भन्सारको अवस्था बुझ्नु भएको हो। सभामुख सापकोटा, अर्थमन्त्री  शर्मा लगायतको सरकारी पदाधिकारिको टोलि तातोपानी नाकामा पुगी तातोपानी नाका ब्याबस्थापनमा केन्द्रीत भएर सडक पुर्बाधार र बाणिज्य ब्यापारका साथ जिल्लामा भएको बढिपहिरोको स्थलगत अनुगमन समेत गरेको छ। सो क्षेत्रको स्थलगत जानकारी लिएपछि तातोपानी भन्सार कार्यालयमा आयोजित छलफलमा उँहाहरु सहभागी हुनु भएको छ।
सभामुख र अर्थमन्त्रीले तातोपानी भन्सार र मितेरी पुलसम्मको अवलोकन भ्रमण गरी वर्तमान अवस्थाबारे जानकारी लिनु भएको छ।पहिरोको कारण लामो समयदेखि बाह्रबिसे तातोपानी सडक-खण्डमा सहज आवागमन हुन सकिरहेको छैन। कोभिड-१९ महामारीका कारण सीमा क्षेत्रमा गरिएको कडाईले तातोपानी नाकाबाट हुने आयात निर्यात समेत पूर्ववत अवस्थामा फर्कन सकेको छैन। दुई देशबीच व्यापारिक कारोवार शून्य भएपछि नाका सुनसान भएको छ।
कोरोना भाइरस महामारी सुरु हुनुअघि तातोपानी नाकाबाट नेपालभरका हजारौं व्यापारी व्यापार गर्थे। अहिले उनीहरु अन्यत्र नाकाबाट व्यापार गर्दा सामान महंगो हुँदै गएको गुनासो गर्दै आएका छन्।  नेपाल सरकारले नाका खुलाउन भने खासै चासो दिएको छैन्।