बाढीका कारण बर्दियामा ९६३ घर डुवानमा परी ४८१५ जना प्रभावित
राजापुर । बाढीका कारण बर्दियामा ९६३ घर डुवानमा परी ४८१५ जना प्रभावित भएका छन् । बर्दियामा असोज ३१ गतेदेखिकोअविरल वर्षाका कारण कर्णाली नदीमा पानीको बाह्व बढी (१२.८०मी) हुँदा राजापुर नगरपालिकामा ८६८ घर डुवानमा परी ४३४० जना र गेरुवा गाउँपालिकामा ९५ घर डुवानमा परी ४७५ जना प्रभावित भएको हो । बाढी प्रभावितको उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गणका स प्र कर्मचारी, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी कर्मचारी, भैरव प्रसाद गणका नेपाली सेनाका जवानहरू तत्कालै खटिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त वहादुर सुनारले बताउनु भयो।
कर्णाली नदीमा हालसम्मकै उच्च पानीको बहाव (१२.८० मीटर) नदी तटीय क्षेत्रका बासिन्दा समयमै सुरक्षित अग्लो स्थानमा सर्नु अति उत्तम एवम् सुरक्षित हुने सशस्त्र प्रहरी उपरीक्षक नर वहादुर रावतले बताउनु भयो। प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको बैठकले उच्च सतर्कता अपनाउदै द्रुत र प्रभावकारी रूपमा नदी(बाढी)जन्य विपद्बबाट प्रभावितहरुको उद्दार एवम् पुनर्स्थापना गरी राहतका लागि सरोकारवाला निकायलाई अनुरोध गर्ने लगायतका निर्णय गरेको बर्दियाका प्रहरी प्रमुख ईश्वर कार्कीले बताउनु भयो।
प्रतिकृया दिनुहोस्