December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

सीमा वारपार हुने अबैध चोरी तस्करीजन्य कार्यहरु बर्दियामा नियन्त्रणमा

सीमा वारपार हुने अबैध चोरी तस्करीजन्य कार्यहरु बर्दियामा  नियन्त्रणमा

गुलरिया । नेपाल सरकारले सिमानामा सशस्त्र प्रहरी बलका बि.ओ.पि.हरुको थप बिस्तार गरे संगै सीमा सुरक्षा मजबुत भई सीमा वारपार हुने अबैध चोरी तस्करीजन्य कार्यहरु समेत नियन्त्रण हुदै गएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा.बर्दियाले अबैध किराना सामान बरामद गरेको छ।

यसै क्रममा यस गण तथा मातहत बिओपिहरुको विभिन्न नाकाहरुबाट लुकाई छिपाई सीमामा ओसार-पोसार गर्दै गरेको जम्मा मूल्य रु. ७५¸४५०/- (पचहत्तर हजार चार सय पचास) बराबरको गाडीको पार्टस¸ मोटरसाईकलको सिटकभर, साडी¸ तथा बिभिन्न किराना सामानहरु बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक नर वहादुर रावतले  बताउनु भयो। बरामद गरीएका सामानआवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको छ।