May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

गोली प्रहार गरी ८ लाख नगद लुटेर फरार

गोली प्रहार गरी ८ लाख नगद लुटेर फरार

गुलरिया । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० स्थित गोरुसिंगे जंगलमा अज्ञात ब्यक्तिहरुले गोली प्रहार गरी ८ लाख नगद लुटपाट गरेर फरार भएका छन । तौलिहवा- गोरुसिंगे सडक अन्तर्गत तिलौराकोट साझेदारी वनको अफिस भन्दा केही पर मोटरसाईलमा आएका २ जनाले कारमा सवार एक जनामाथी गोली प्रहार गरी सो नगद लुटेर भागेका हुन । बिहीवार दिउसो ३ बजेतिर प्र- ३- ०१- २३ च ८०८९ नम्बरको कारमा सवार मायादेबी गाउपालिका-४ चाकरचौडाका रामरक्षा जैसवालमाथी गोली प्रहार गरी लुटेरहरु भागेको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताउनु भयो।