May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

पौडी खेल्न जाँदा एक बेपत्ता, एकको ज्यान गयो र एकको उद्दार

पौडी खेल्न जाँदा एक बेपत्ता, एकको ज्यान गयो र एकको उद्दार

बार बर्दिया । बबई नदीमा पौडी खेल्न जाँदा बर्दियामा १ जनाको ज्यान गएको छ भने १ जना वेपत्ता भएका छन्। बागलुङ घर भएका हुकुम बि क को ज्यान  गएको छ। पौडी खेल्न गएका बार बर्दिया  ४ का ३४ वर्षीय लेखनाथ पौडेल बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी रहेको बर्दियाका प्रहरी प्रमुख ईश्वर कार्कीले बताउनु भयो। असोज १८ दिउँसो ३ :३० वजे पौडी खेल्न गएका ३  जना मध्ये १  को जीवितै उद्दार गरिएको ई प्र का बनियाभारका प्रहरी निरीक्षक गोपी कृष्ण सुवेदीले बताउनु भयो।