December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

ज्यान मुद्दाको प्रतिवादी १२ वर्षपछी पक्राउ

ज्यान मुद्दाको प्रतिवादी १२ वर्षपछी पक्राउ

गुलरिया। कर्तव्य ज्यान मुद्दाको प्रतिवादी १२ वर्षपछी पक्राउ परेका छन्।
२०६६साल पुस१५ गते राती आफ्नै घरमा सुतिरहेको अवस्थामा जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. २ गुजराना बस्ने घिरउ गोडियालाई धारिलो हतियारको प्रयोग गरी कर्तव्य गरी फरार रहेका  बारबर्दिया नगरपालिका वडा नं. ७ का राम बिहारी भन्ने बिहारी थारु पक्राउ परेका हुन् । असोज१७  जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. १८ काँरकाँदोबाट पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो।
घटना पश्चात फरार भई  दाङ तथा नेपालगंजमा घर बनाउने मिस्त्रीको रुपमा काम गर्दै बसेको निजबाट खुल्न आएको छ।