May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

कुलबहादुर नेम्बाङ लुम्बिनी प्रदेशमा सशस्त्रको डी आइ जी

कुलबहादुर नेम्बाङ लुम्बिनी प्रदेशमा सशस्त्रको डी आइ जी

लुम्बिनी प्रदेश । सशस्त्र प्रहरीका डिआईजीहरुको काज सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खांडले बिहिबार मन्त्रिस्तरिय निर्णय गर्दै डिआईजीको सरुवा गर्नु भएको हो।

सरुवा हुनेमा डिआईजीहरु राजु अर्याल, मानवस्रोत विभाग, सशस्त्र प्रहरी मुख्यालय, कुलबहादुर नेम्बाङको लुम्बिनी प्रदेश, कमल गिरी १ नम्बर प्रदेश, शम्भु सुवेदी ४ नम्बर प्रदेश, दुर्गा भट्टराई ७ नम्बर प्रदेश, गणेश ठाडा मगर २ नम्बर प्रदेश,किशोर प्रधान ३ नम्बर प्रदेश र वंशि दाहाल ९ नम्बर बाहिनी रहेका छन् ।

प्रहरी महानिरीक्षकको सचिवालयमा मन्दीप श्रेष्ठको सरुवा भएको छ भने  डिआईजीहरु नारायणदत्त पौडेल मानवस्रोत र सिपी गौतम सीमा सुरक्षा विभागमा सरुवा भएको छ ।