May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

सामाजिक सेवा दिवसमा बर्दियाका २ समाजसेवी सम्मानित

सामाजिक सेवा दिवसमा बर्दियाका २ समाजसेवी सम्मानित

गुलरिया ।  ४३ औं सामाजिक सेवा दिवसको अवसरमा बर्दियामा २ जना समाजसेवी लाई सम्मान गरिएको छ।  गैर सरकारी संस्था महासंघ बर्दियाले प्रकृति संरक्षण र विकासमा योगदान पुर्याउदै आउनु भएका  समाजसेवी मेघ नाथ अधिकारी  र महिला सशक्तीकरण र सामाजिक सुधार मा योगदान पुर्याउनु भएकी  स्व. समाजसेवी धनसरा सुनार लाई मरणोपरान्त सम्मान गरेको हो।        गै स स महांघका केन्द्रीय सदस्य प्रिज्मा सिंह थारू, जिल्ला अध्यक्ष विष्णु प्रसाद श्रेष्ठले कदर पत्र प्रदान गरी दोसल्ला ओढाई सम्मान गर्नु भएको हो।