January 24, 2025, Friday
११ माघ २०८१, शुक्रबार

बर्दिया प्रहरीद्वारा सामान र लागू औषध बरामद

बर्दिया प्रहरीद्वारा सामान र लागू औषध बरामद

गुलरिया । वेवारिसे अवस्थामा फेला परेका सामान प्रहरीद्वारा बरामद गरीएको छ । भदौ १२ गते प्रहरी चौकी गणेशपुर बर्दियाको गस्ती टोलीले जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.११ गणेशपुर स्थित सडक बाटो छेउबाट सो सामान बरामद गरिएको हो । भारतबाट भन्सार छली ल्याई बेवारिसे अवस्थामा छोडिएका अन्दाजी मुल्य रू. १७हजार ९० बराबरका साईकलका सामानहरु फेला पारी रितपुर्वक बरामद गरिएको हो। बरामद गरिएका सामान आबश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेम वहादुर शाहीले बताउनु भयो।
बर्दिया प्रहरीले लागु औषध कारोबारी  पक्राउ गरेको छ। भदौ १२ गते ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलिले कारोबारी पक्राउ गरेको हो । बर्दियाको राजापुर नगरपालिका वडा नं.४ राजापुर बजार बस्ने बर्ष ३१ को अलिम अन्सारीले संचालन गरेको बिरयानी एण्ड कफी शपमा शंका लागी खान तलासी गर्दा उक्त बिरयानी एण्ड कफि शपबाट सो सामान बरामद भएको हो ।  बरामद भएको लागु औषध फेला पारी रितपुर्बक बरामद गरी निज अलिम अन्सारीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शाहीले बताउनु भयो । प्रारम्भिक अनुसन्धानबाट निज लागु औषधको कारोबारी रहेको भन्ने बुझिएको, अन्य अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो।

बरामद गरिएको लागु औषधमा Nitrazepam tablet sip (Nitravet-10) ५७० ट्याब्लेट, SPASMO-PROXYVON® Plus – २६४ ट्याब्लेट, ALPRASAFE 0.5 (Alprazolam Tablet sip 0.5mg) -४२० (चार सय बीस) ट्याब्लेट रहेको प्रहरीले जनाएको छ।बरामद गरिएका अन्य सामाननहरुमाVivo कम्पनीको मोबाईल थान१,बिभिन्न दरका नेपाली रुपैयाँ रू. ३७७०, बिभिन्न दरका भारतिय रूपैयाँ रू. २२० रहेको जिल्ला प्रहरी कार्यालय बर्दिया सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीद्वारा प्रेस रिलिजमा उल्लेख छ।