May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

बर्दियामा सशस्त्र प्रहरीद्वारा नेपाल भारत सीमा नाकामा कडा सुरक्षा

बर्दियामा सशस्त्र प्रहरीद्वारा नेपाल भारत सीमा नाकामा कडा सुरक्षा

गुलरिया। सशस्त्र प्रहरीद्वारा बर्दियामा नेपाल भारत सीमा नाकामा कडा सुरक्षा प्रदान गर्दै आएको छ । नेपाल सरकारले सिमानामा सशस्त्र प्रहरी बलका बि.ओ.पि.हरुको थप बिस्तार गरे संगै सीमा सुरक्षा मजबुत भई सीमा वारपार हुने अबैध चोरी तस्करीजन्य कार्यहरु समेत नियन्त्रण हुदै गएको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताउनु भयो।  सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा.बर्दिया तथा मातहत बिओपिहरुबाट भदौ १३ गते चोरी तस्करी गरी भारतबाट नेपालतर्फ भित्र्याउदै गरेको १ लाख ४१ हजार सात सय साठी बराबरको  सामान बरामद गरिएको हो । बरामद गरिएको सामानमा अवैध चिनी¸ भेली¸ सिसा कचौरा¸ गिलास¸ सालको काठ तथा अबैध रुपमा भारतबाट नेपाल प्रवेश गरेको १ वटा भारतिय नम्बर प्लेटको मोटरसाईकल रहेका छन् ।  बरामद गरीएका सन्आअन वश्यक कार्बाहीको लागि सम्बन्धित कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक रावतले बताउनु भयो।