July 24, 2024, Wednesday
९ श्रावण २०८१, बुधबार
Trending

अबैध लेडिज कुर्ता र बैखा जातका माछा बरामद

अबैध लेडिज कुर्ता र बैखा जातका माछा  बरामद

गुलरिया । चोरी तस्करी गरी भारतबाट नेपालतर्फ भित्र्याउदै गरिएको २३ हजार बराबरको  गरेको अबैध लेडिज कुर्ता र बैखा जातका माछा बर्दियामा बरामद भएको छ।  सशस्त्र प्रहरी बल नेपाल नं.३१ गण हे.क्वा.बर्दियाले  बरामद गरेको लेडिज कुर्ता आवश्यक कार्बाहीको लागि भन्सार कार्यालयमा  बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक नर वहादुर रावतले बताउनु भयो।बैखा जातका माछा सम्बन्धित स्थानीय निकायका पदाधिकारी¸ क्वारेन्टाईनको रोहवरमा स.प्र.बल नेपाल बोर्डर आउट पोष्ट कण्ठपुरको परिसर भित्र नस्ट गरिएको छ।