सीमा नाकाबाट ४६ बर्षिय महिलाको उद्धार
बर्दिया । जिल्लाको गु.न.पा.-८ सुरजपुर मुर्तिहा नाका हुदै भारततर्फ जान खोजिरहेकी वर्ष ४६ की बिष्णु माया चौधरीलाई सशस्त्र प्रहरी बल नेपाल बर्दियाले उद्दार गरेको छ। सीमा सुरक्षार्थ मुर्तिहा नाकामा खटीएको एपिएफ टोलि र माईती नेपालको संयुक्त टोलीले शंका मानी आवश्यक सोधपुछ गरेको थियो। उद्दार पश्चात माईती नेपालको कार्यालय गुलरिया बर्दियामा लगिएकोमा आवश्यक सोधपुछ पश्चात ती महिलालाई गु.न.पा.-६ बागेश्वरी टोल बस्ने निजको दाई बासु चौधरीको जिम्मा लगाईएको सशस्त्र प्रहरी बल नेपाल नं.३१ गण हे.क्वा.बर्दिया का गणपति एस् पि नर बहादुर रावतले बताउनु भयो।
प्रतिकृया दिनुहोस्