November 1, 2024, Friday
१६ कार्तिक २०८१, शुक्रबार

भदौ मसान्तभित्र सि सी टी वी/ क्यामरा जडान गरेको विवरण बुझाउनु पर्ने

भदौ मसान्तभित्र सि सी टी वी/ क्यामरा जडान गरेको विवरण बुझाउनु पर्ने

गुलरिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले सी सी टी वी/ क्यामरा जडान गरेको जानकारी  तोकिएको ढाँचामा विवरण भरी २०७८ भाद्र मसान्त भित्र  जिल्ला प्रशासन कार्यालय बर्दियामा आइपुग्ने गरी पठाउन कार्यालय, बैंक, उद्योगी, व्यापारी, विद्यालयको नाउँमा सूचना प्रकाशित गरेको छ । बर्दियामा ६४ वटा कार्यालय, बैंक, उद्योगी, व्यापारी, विद्यालयले मात्र सि सी टी वी/ क्यामरा जडान गरेको जानकारी जिल्ला प्रशासन कार्यालय बर्दियामा पठाएको सहायक प्रजीअ माधव प्रसाद शर्माले बताउनु भयो।  बाँकीले हालसम्म पनि सि सी टी वी क्यामेरा जडान तथा संचालन गरी कुनै जानकारी पठाएका छैनन । सि सि टि वि /क्यामरा जडान तथा संचालन सम्बन्धी कार्यविधि, २०७२ अनुसार सि सि टि वि /क्यामरा जडान गरी जडान गरेको १५ दिनभित्र सोको जानकारी गर्न जिल्ला प्रशासन कार्यालयमा पठाउनु पदर्छ ।  २०७५ साल कार्तिक र माघ महिनामा गरी २ पटक जिल्ला प्रशासनबाट सूचना प्रकाशन भएकोमा ६४ वटाले मात्र जानकारी पठाएका थिए।  नेपाल सरकारबाट अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने कार्यमा विद्युतीय उपकरणको प्रभावकारिता बढाई CCTV /Camera जडान र प्रयोगमा प्रोत्साहन तथा व्यवस्थापन गर्ने उद्देश्यले CCTV /Camera जडान तथा संचालन सम्बन्धी कार्यविधि, २०७२ जारी भएको  थियो ।  CCTV /Camera जडान तथा संचालन सम्बन्धी कार्यविधि, २०७२ जिल्ला प्रशासन कार्यालयको वैवसाईटबाट डाउनलोड गरी हेर्न सकिने व्यहोरा समेत प्रशासनले जानकारी गराएको छ।