उदाहरणीय सहयोगी मनले मृगौला पीडितको उपचारमा सहयोग गरे

गुलरिया ।आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएका मृगौला रोग पीडित वन रक्षक राजन उपाध्यायलाई सहयोगी मनहरुबाट प्राप्त नगद सहयोग हस्तान्तरण गरिएको छ। डिभिजन वन कार्यालय बर्दियाको पहलमा मृगौला रोग पीडित वन रक्षक राजन उपाध्यायलाई डिभिजन वन कार्यालय बर्दिया मार्फत उद्योग बन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका सचिव डा राजेन्द्र के सी, अन्य कर्मचारी, डिभिजन वन कार्यालयका कर्मचारी, काष्ठ व्यवसायी बाट संकलन भएको १ लाख ५२ हजार ६ सय सहयोग डीभिजन वन अधिकृत महेन्द्र राज वाग्लेले वन रक्षक उपाध्यायलाई नगद हस्तान्तरण गर्नु भएको सहायक बन अधिकृत द्रोण राज शर्माले बताउनु भयो। बर्दियामा कार्यरत वनरक्षक राजन उपाध्यायको मृगौलामा समस्या भई टिचिङ हस्पिटल महाराजगन्जमा उपचार गराई रहनु भएको थियो ।
चिकित्सकको सल्लाह अनुसार सम्भब भएसम्म मृगौला प्रत्यारोपण, साे हुन नसकेमा डायलाशिस गराउनुपर्ने भएको तर निजको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएकाले सहयोगी मनहरूले आ-आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरि दिन आफूहरुले सबैलाई अनुरोध गरे बमोजिम सहयोग रकम प्राप्त भई हस्तान्तरण गरिएको सहायक वन अधिकृत शर्माले बताउनु भयो ।
मृगौला रोग पीडित वन रक्षक राजन उपाध्यायलाई नगद सहयोग प्रदान गर्ने सबैलाई डिभिजन वन कार्यालय बर्दियाले हार्दिक धन्यवाद प्रदान गरेको छ।
प्रतिकृया दिनुहोस्