नारायणी बढ्ने र कोशी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने
लुम्बिनी प्रदेश । आज नारायणी र यसका सहायक नदीहरुमा बहाव बढ्ने छ। कोशी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने जल तथा मौसम विभागले जनाएको छ।
आज कमला, बागमती, पूर्वी राप्ती, तिनाउ,पश्चिम राप्ती,बबई लगायतका मझौला नदीहरुमा बहाव बढ्ने छ । केहीमा सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले उक्त नदीहरुका तटीय क्षेत्र तथा डुवान भईरहने क्षेत्रहरूमा सतर्कता अपनाउन मौसमविद को सुझाव छ।
बर्दिया स्थित बबई नदीको चेपाङ जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले बबईको तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा रहनुहुनेहरुले दिउँसो सम्मै उच्च सतर्कता अपनाउन बर्दियाका सहायक प्रजिअ माधव प्रसाद शर्माले बताउनु भयो।
प्रतिकृया दिनुहोस्