January 14, 2025, Tuesday
१ माघ २०८१, मंगलवार

अबैध रुपमा भारतबाट नेपाल प्रवेश गरेका २ वटा भारतिय नम्बर प्लेटका मोटरसाईकल बर्दियामा बरामद

अबैध रुपमा भारतबाट नेपाल प्रवेश गरेका २ वटा भारतिय नम्बर प्लेटका मोटरसाईकल बर्दियामा बरामद

गुलरिया । सशस्त्र प्रहरी बल नेपाल नं.३१ गण हे.क्वा.बर्दिया तथा मातहत बिओपिहरुबाट २ लाख ४८ हजार छ सय बराबरको सामान बरामद गरेको छ । आज साउन ३१ गते चोरी तस्करी गरी भारतबाट नेपालतर्फ भित्र्याउदै गरेको अबैध किराना तथा कस्मेटिक सामानहरु बरामद गरिएको हो । अबैध रुपमा भारतबाट नेपाल प्रवेश गरेका २ वटा भारतिय नम्बर प्लेटका मोटरसाईकलहरु समेत बरामद गरी सनानहरुसहित आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक नर वहादुर रावतले बताउनु भयो।
नेपाल सरकारले सिमानामा सशस्त्र प्रहरी बलका बि.ओ.पि.हरुको थप बिस्तार गरे संगै सीमा सुरक्षा मजबुत भई सीमा वारपार हुने अबैध चोरी तस्करीजन्य कार्यहरु समेत नियन्त्रण हुदै गएको सशस्त्र प्रहरी नायब उपरीक्षक उपरीक्षक गोविन्द के सि ले बताउनु भयो।