कोभिड बारे सचेतनामुलक सन्देश दिई मास्क समेत बितरण
गुलरिया । “नेपाल मास्क अभियान” अन्तर्गत साउन२६ गते जिल्ला जनस्वास्थ्य कार्यालय बर्दिया र जिल्ला प्रहरी कार्यालय बर्दियाको संयुक्त आयोजनामा कोभिड-१९ सम्बन्धी जनचेतनामुलक ब्यानर, पर्चा, स्टिकर सहित परिक्रमा गरी माईकद्वारा अनिबार्य मास्क लगाउन र कोभिड-१९ बाट बच्न अपनाउनुपर्ने बिबिध सचेतनामुलक सन्देश दिई मास्क समेत बितरण गरिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पवन पछाई सहितको टोलीले गुलरिया बजार क्षेत्रमा कोभिड-१९ सम्बन्धी जनचेतनामुलक ब्यानर, पर्चा, स्टिकर सहित परिक्रमा गरी माईक द्वारा अनिबार्य मास्क लगाउन र कोभिड-१९ बाट बच्न अपनाउनुपर्ने बिबिध सचेतनामुलक सन्देश दिनुका साथै मास्क समेत बितरण गरेको हो।
साथै जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय मोतिपुर, पाताभार, बानियाभार, मैनापोखर, सानोश्री, प्रहरी चौकी कालिका, लक्ष्मणा र सशस्त्र प्रहरी सेनामुख बर्दियाको प्रहरी टोलिले समेत आ- आफ्नो वडा यरियाको बिभिन्न स्थानहरुमा सोही अभियान अन्तर्गतको कार्यक्रम गरी कोभिड-१९ सम्बन्धी जनचेतना दिनुका साथै मास्क समेत वितरण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो।
प्रतिकृया दिनुहोस्