September 26, 2023, Tuesday
९ आश्विन २०८०, मंगलवार
Trending

वन्यजन्तु चित्तलको अवैध चोरिशिकार गरेको कसुरमा ४ पक्राउ

वन्यजन्तु चित्तलको अवैध चोरिशिकार गरेको कसुरमा ४ पक्राउ

डल्ला । वन्यजन्तु चित्तलको अवैध चोरिशिकार गरेको कसुरमा साउन २३ गते  पक्राउ परेका ४ जना व्यक्तिलाई  आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।  मधुवन नगरपालिका वडा नं १ डल्लाबाट पक्राउ परेका उनीहरूलाई आवश्यक कानुनी प्रकृया अघि बढाईएको प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताउनु भयो।
उनीहरू बाट १ थान साईकल , करिब ३५ किलो वन्यजन्तु चित्तलको आलो मासु बरामद भएको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयको सूचनामा उल्लेख  छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार गैर  कानुनी तरिकाले गैंडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वासे चितुवा, हिउ चितुवा वा गौरी गाई मार्ने, घाइते बनाउने, खरिद गर्ने, बिक्री गर्ने वा हस्तान्तरण गरी लिने दिने तथा गैंडाको खाग वा कस्तुरीको वीना, हिउ चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद गर्ने, बिक्रि गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्ष देखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। उपदफा १ मा लेखिएका बाहेक अन्य संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई १ लाख रुपियाँ देखि पांच लाख रुपियाँ जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय हुनेछ।