लागु औषध दुर्ब्यसन बिरुद्ध “भबिष्य बचाउँ ” अभियान
टीकापुर। जिल्ला प्रहरी कार्यालय कैलालीले लागु औषध दुर्ब्यसन बिरुद्ध “भबिष्य बचाउँ (Save the Future)” अभियान सुरु गरेको छ । अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय टिकापुर कैलाली र प्रहरी चौकी कालाकुण्डा कैलालीको सयुंक्त आयोजनामा टिकापुर नगरपालीका वडा नं. ७ कालाकुण्डामा बाँझो जमिनमा आफै उम्रेका गाँजाका बोटहरु फडानी गरी जनचेतनामुलक कार्यक्रम गरेको छ। समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत कविराज अधिकारी र हरि थापाको २ बिगाहा बाँझो जमिनमा आफै उम्रेका गाँजाका बोटहरु फडानी गरी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा, प्रहरी चौकी कालाकुण्डाका प्र.ना.नि. राजेन्द्र सिंह कार्की, प्रहरी टोली,पत्रकारहरु,स्थानिय निकायका पदाधिकारीहरु,समाजसेवी र सर्वसाधारणहरु समेत गरी ७० जनाको उपस्थिति रहेको थियो।
प्रतिकृया दिनुहोस्