प्रहरी चौकी उद्घाटन
गुलरिया । जिल्ला प्रहरी कार्यालय सर्लाही मातहत प्रहरी चौकी त्रिभुवननगर, सर्लाहीको United Nations Office for Project Services ( UNOPS ) अन्तर्गत Department for International Development (DFID) को सहयोगमा निर्मित कार्यालय तथा ब्यारेक भवनको २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख, प्रहरी नायव महानिरीक्षक, उमेश रन्जितकारद्वारा समुदघाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राम कुमार महतो, ब्रम्हपुरी गाउँपालिकाका उपाध्यक्ष गिता देवी यादव, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सञ्चारकर्मीहरु, समुदाय-प्रहरी साझेदारी समितिका पदाधिकारीहरु, स्थानीय तहका पदाधिकारीहरु, जेष्ठ नागरिक तथा नागरिक समाजका पदाधिकारीहरु, प्रहरी अधिकृत तथा जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु, स्थानीयबासिहरु लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले शुभकामना मन्तव्य दिनु भएको थियो । भवन निर्माण सम्बन्धी प्रतिवेदन UNOPS (DFID) का वरिष्ठ ईन्जिनियर शिशिर उपाध्याय द्वारा प्रस्तुत गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथि श्रद्धेय श्रीमान् प्रहरी नायव महानिरीक्षक उमेश रन्जितकारद्वारा समुदघाटन पश्चात कार्यालय परिसरमा वृक्षारोपण गर्नुका साथै नेपाल प्रहरी जस्तो पवित्र संगठनमा आफ्नो जिवनको उर्जावान समय राष्ट्र र जनताको लागि समर्पित गरी सेवानिवृत्त हुनु भएका पूर्व प्रहरी कर्मचारीहरुलाई दोसल्ला ओढाई सम्मान गर्नु भई अन्तरक्रिया कार्यक्रममा समेत सरिक हुनु भएको थियो ।उक्त कार्यक्रममा ब्रम्हपुरी गाउँपालिकाका उपाध्यक्ष गिता देवी यादवद्वारा स्वागत शुभकामना मन्तव्य तथा प्रमुख जिल्ला अधिकारी रामकुमार महतो द्वारा धन्यवाद ज्ञापन प्रस्तुत गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस्