May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

नागरिकको पोशाक बारे कुनै पनि औपचारिक निर्णय भएको छैन् : बर्दिया प्रशासन

नागरिकको पोशाक बारे कुनै पनि औपचारिक निर्णय भएको छैन् : बर्दिया प्रशासन

लुम्बिनी पत्र । सेवा लिन आउने सेवाग्राहीका पोशाकका विषयमा जिल्ला प्रशासन कार्यालय बर्दियाले कुनै पनि औपचारिक निर्णय नगरेको जनाएको छ । २ दिन अघि अथार्त लुम्बिनी पत्र राष्ट्रिय दैनिकको फेसबुक आइ डीमा स्टेट्स र  एक दिन अघि  नागरिक दैनिक लगायतमा समाचार प्रकाशित भएपछि सो बारे प्रशासनले साउन १५ गते विज्ञप्ति प्रकाशन गरेर आफ्नो धारणा सार्वजनिक गरेको हो। सेवा लिन आउने सेवाग्राहीका पोशाकका विषयमा जिल्ला प्रशासन कार्यालय बर्दियाले कुनै पनि औपचारिक निर्णय गरेको अवस्था छैन् : प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटाद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ । कपोलकल्पित तथा भ्रामक समाचारमा विश्वास नगर्न र कुनै द्विविधा भए ९८५८०३७७७७, ९८५८०२७२७१, ९८५८०२५०९५, ९८५८०३०१३२ नागरिक गुनासो गर्न जिल्ला प्रशासन बर्दियाले  आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाबाट प्रवाह हुने सेवामा नागरिक मैत्री व्यवहार प्रदर्शन गर्दै सेवालाई सहज, सरल, चुस्त दुरुस्त र प्रभावकारी बनाएका छौ :  प्रशासकीय  देवकोटाद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ।