September 25, 2023, Monday
८ आश्विन २०८०, सोमबार
Trending

बर्दिया सशस्त्रद्वारा १ लाख २८ हजार मूल्य बढीका सामान बरामद

बर्दिया सशस्त्रद्वारा १ लाख २८ हजार मूल्य बढीका सामान बरामद

लुम्बिनी पत्र । बर्दिया जिल्लामा सशस्त्र प्रहरी बलको बि.ओ.पिहरु थप भए संगै सीमा सुरक्षा प्रभाबकारी बन्दै गएको छ। सीमासंग सम्बन्धित समस्या न्युन हुदै गएका छन भने अबैध रुपमा हुने चोरी निकासी समेत उल्लेख्य रुपमा नियन्त्रण हुदै राजस्व बृद्धीमा योगदान भईरहेको छ। यसै क्रममा रातको समयमा चोरी निकासी पैठारी भईरहेको टायर लोड भएको गोरुगाडा ३ वटा ,गोरु ४ वटा र चिनि ३०० के.जि. बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक नर वहादुर रावतले बताउनु भयो । बरामद गरिएका सामानको मूल्य १ लाख २८ हजार पर्ने र उल्लेखित सामान बरामद गरी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण, बर्दियाले जानकारी दिएको छ।